Friday, July 11, 2025

हैटीमा ५.९ म्याग्नेच्युडको भूकम्प

Share

असोज २१, हैटी –  क्यारेबियन मुलुक हैटीमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार शनिबार राति उत्तरी हैटीको पोर्टडिपाइक्स शहरबाट ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

राष्ट्रपति जोभिनल मोइसेले उत्तरी क्षेत्रमा भूकम्पले क्षति पुर्‍याएको र नागरिक धैर्य रहन आग्रह गर्दै ट्वीट गरेका छन्।

भूकम्पबाट कम्तिमा १० जनाको मृत्यु भएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

यसअघि सन् २०१० मा ७.१ म्याग्नेच्युडको भूकम्प जाँदा झन्डै तीन लाख मानिसको ज्यान गएको थियो।

Read more

Local News