Sunday, October 27, 2024

गोरुले हान्दा रुकुममा एक जनाको घटना स्थलमै मृत्यु

Share

रुकुम – गोरुले हान्दा रुकुम पश्चिमको मुसिकोट नगरपालिका-९, चौखावाङ्गमा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। आफैंले पालेको गोरुले हान्दा ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको हो।

छिमेकी झकप्रसाद खड्काको बारी जोत्ने क्रममा सोमबार गोरुले हान्दा केवलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी केही दिनअघि मात्र भारतबाट घर आएका थिए। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याउन लागिएको प्रहरी चौकी झुल्खेतका प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलले जानकारी दिए।

Read more

Local News