9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

कोरोना र क्वारेन्टाइन सामाजिक बुझाइका सवालहरु

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

कोरोना भाइरसले विश्वभर जनजिवन प्रभावित बनाइरहेकोे छ । यदा कदा जोक्स हरुमा रमाउनेको पनि ठुलै जमात छ । उनिहरु भन्छन सबैलाइ लकडाउनमा राखेर कोरोना बिश्व भ्रमण गरिरहेको छ । हो यो जोक्स मात्र होइन आजको दिन सम्म विश्वलाइ हेर्नेहो भने १९५ देशका १० लाख जना भन्दा बढि संक्रमित भएका छन । संक्रमित मध्य २ लाख १५ हजार ५ सय १८ जनाले कोरोनालाइ जितेर निकोभएका छन भने ५० हजार ३ सय २७ जना भन्दा बढिले कोरोनाबाट ज्यान गुमाइ सकेका छन । अझै ७ लाख १७ हजार ७ सय ९९ जनामा यो भाइरस रहेको तथ्याङ्कले जनाउछ । नसोचेको संख्यामा संक्रमित संख्यामा बृद्दि र मृत्युको तथ्याङक बढीरहको छ । यो तथ्याङ्क धेरै माथि पुग्ने अनुमान गरिएको छ । यतिबेला कोरोनाको महामारी बिश्वका शक्ति राष्ट्रहरुले सामना गर्न सकिरहेका छैनन् ।

चिनको बुहान प्रान्तमा सर्बप्रथम देखिएको यो कोरोना भाइरसबाट क्षेति बेहोर्नेमा देश इटली अगाडि देखिन्छ । विश्व शक्ति देशहको दम्भलाइ कम्जोर बनाइरहेको समयमा नेपालमा यस बाट हुनसक्ने संभावित प्रभावलाइ मध्यनजर गरेर बिभिन्न कार्यहरु गरिदै आएको छ । संघिय सरकारको निर्णयलाइ कार्यान्वयनमा लिदै संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार सबै आ–आफ्नो प्रयासलाइ तिब्र गतिमा अगाडि बढाइरहेका छन । कुनै पनि काम गर्दा आलोचना आउनु स्वभाविक हो । काम गर्दा सकारात्मक प्रतिक्रिया आउछ कि त नकारात्मक प्रतिक्रिया यि दुबै एक सिक्काका दुइ पाटा हुन । यसलाइ स्वभाविकरुपमा लिदै सुधार गर्दै लिने क्रम जारी रहेको छ र रहने छ ।

नेपालमा कोरोना बाट हुनसक्ने प्रभावलाइ मध्यनजर गरेर यसको प्रतिकार्यकोलागि लकडाउनको नितिलाइ अवलम्बन गरिएको छ साथै अन्य तयारीका गतिविधिलाइ पनि तिब्रता दिइएको छ । नेपाल संघिय शासन प्रणालि अवलम्वन गरिसकेकाले संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकाले आ–आफ्नो प्रयास तथा क्षमता अनुसार तयारी थालेका छन । यसको तयारीकै क्रममा हेल्प डेस्क स्थापना गरि सामान्य स्वास्थ्य चेकजाँच, होम क्वारेन्टाइलाइ प्राथामिकिकरण, प्रदेश स्तरिय कोरोना अस्पताल तथा आइसोलेसनको ब्यवस्था, जिल्ला स्थरमा कोरोना अस्पताल तथा आइसोलेसनको ब्यवस्था, स्थानिय क्वारेन्टाइनको ब्यवस्था, संभावित औषधि, सुरक्षा सामाग्रिको खरिद तथा आपूर्ति इत्यादि प्रयास भएका छन ।

क्वारेन्टाइन शब्द सुन्दा आम नागरिकमा चेतनाको कमिका कारण त्रसित भएको पाइन्छ । अहिले मिडियामा आएका समाचारलाइ नै हेर्नेहो भने क्वारेन्टाइन मा बस्न नमानेर भागेको समाचार चर्चामा नै रहे । अस्ति मात्र बिकट हिमालि जिल्ला डोल्पामा एउटा समाचार प्रकाशित भयो “क्वारेन्टाइनमा राख्न खोज्दा आत्मा हत्या प्रसास” । यि समाचारलाइ हेर्दा के देखिन्छ भने आम नागरिकमा स्वास्थ्य सेवा त परै जावस स्वास्थ्य शिक्षा सम्म उनिहरुको पहुँच छैन । यसलाइ सारशब्दमा भन्नु पर्दा सरकारी तथा गैर सकारी निकाय, आम चेतनशिल बर्गले यसबारे जनस्तर सम्म चेतनामुलक गतिविधिलाइ प्राथामिकता नदिएको र आम नागरिकलाइ बुझाउन नसकेको कुरा पक्का छ ।

पैसा सबै थोक होइन तर पनि यो बिना काम पनि चल्दैन । इटलिले कोरोना बाट भएको क्षेति र त्यहाको दर्दनाक दृष्य हेर्नेहोभने मन कस्को नरोला र ? हेलिकप्टरबाट पैसा फ्याकिएर बाटो घाटो जताततै पैसा पैसा फालिएको दर्दनाक तस्विर देख्न सकिन्छ । नेपालमा यहि सारलाइ बिश्लेशन गर्ने हो भने हामि कता तिर जादै छौ, हामि के गरि रहेका छौ । हामि नेपालिको चेतना स्थर कता दौडिरहेको छ भन्ने प्रस्ट हुन्छ । तसर्थ हामिले गर्ने आलोचनामा जहिले पनि पैसा सघ जोडिएर रहने गर्छ । यहि तथ्यलाइ पनि नेपालीले जोक्स नै बनाए । लकडाउनमा घरभित्र बस्न नमान्नेहरुलाइ इटलीमा पठाइदेउ, कोरोनाबाट बचेछन भने बाटोमा फ्याकिएका पैसा बटुलेर घर फर्कलान । के हाम्रो अवस्था यतै तिर गएको हो त ? होइन भने अव हामि कोरोनाबारे थालिएका पहलकदमिलाइ सचेतना गतिविधि मार्फत सबैलाइ बुझाउन जरुरी देखिन्छ ।

कोरोनाको प्रकोप सघै सबैको मुखमा झुण्डीएको क्वारेन्टाइन शब्द के हो त ? क्वारेन्टाइन शब्द क्वारन्टेनाबा आएको हो । यो भनशियन भाषाको शब्द हो । यसको अर्थ ४० दिन भन्ने हुन्छ । यूरोपमा प्लेग रोगका कारण ३० प्रतिशत जनताको मृत्यू भएको थियो । क्राएशिया ले आफ्नो देश आउने जहाज र त्यसमा रहेका मानिसलाइ एउटा दिपमा ३० दिन सम्म अलग अलग रहन आदेश दिएका थिए । यो ३० दिनको अवधिमा कुनै ब्यक्तिमा प्लेगका लक्षण त छैन भनेर हेरिन्थ्यो । जसलाइ ट्रेनटाइन भनिन्थ्यो पछि यसको समय बढाएर ४० दिन पुर्याइयो र यसको नाम क्वारेन्टाइन रहन पुग्यो । जुन समयमा प्लेग रोगीको कम्तीमा ३७ दिनमा मृत्यू हुने गर्दथ्यो । ४० दिन क्वारेन्टाइनको असर स्पस्टरुपमा देखिएको थियो । क्वारेन्टाइनको प्रयोगबाट यूरोपमा १४९२ मा बिफर, १९ औ शताब्दीमा स्पेनमा यलो फिबर र हैजा रोक्न ठुलो मद्धत पाएको थियो ।

अहिले हामि सबैको जनजिब्रोमा झुण्डीएको शब्द पनि त्यहि हो । कोरोना भाइरस मानिस वा जिवित प्राणि भित्र प्रवेश गरिसकेपछि निश्चित दिन सम्म यसको असर रहने गर्छ अर्थात प्राणिको शरिरभित्र जिवित रहेर अरुको शरिरमा सर्न सक्ने अवधि भनेको १४ दिन हो । यो समयमा मानिस वा प्राणि अरु कसैको सम्पर्कमा नरहने एक्लै बस्ने भन्ने हो । जसका कारण कोरोना महामारीबाट हुन सक्ने क्षेतिलाइ कम गर्न सकिन्छ । अर्थात कोरोना एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न पाउदैन । कोरोना संक्रमित मानिसमा प्रबेश गर्ने बित्तिकै लक्षण देखिन्छ भन्ने हुदैन । यो त प्राणिजगतमा प्रवेश गरेको केहि दिन सम्म लक्षण देखिदैन । यसले प्राणिजगतमा आफ्नो बृद्धिविकास गर्दै जान्छ । जव हाम्रो रोग प्रतिरोधात्मक शक्ति कमजोर हुदै जान्छ अनि मात्र यसका लक्षण तथा चिन्हहरु देखिने हुन । कसै कसैमा त यो भाइरस शरिरमा प्रबेश भएर सन्चो हुदा सम्म पनि त्यस्तो केहि लक्षण चिन्ह देखिदैन । तसर्थ यसको असरलाइ कम गर्ने, यसबाट बच्नकोलागि हालसम्म औषधि पत्ता समेत नलागेकोले कोरोना भाइरस बाट बच्न र बचाउन, एक ब्यक्तिमा रहेछ भने अर्को ब्यक्तिमा सर्न नदिन क्वारेन्टाइनमा रहने भनेको हो । यसबाट आफु पनि सुरक्षित रहिन्छ भने अन्य परिवारका सदस्यलाइ पनि कोरोनाको संक्रमण हुन पाउदैन ।

नेपाल सरकारले क्वारेन्टाइन संचालनकोलागि स्ट्यान्डर मापदण्ड तयार गरेको छ । जहाँ बसाइ ब्यवस्थापन, सरसफाइ, खानपिन, सुरक्षा, उपचारकोलागि स्वास्थ्यकर्मी लगाएतको ब्यवस्था गरिएको हुन्छ । यदि स्वास्थ्यमा समस्या देखिए उपचार, सुबिधा सम्पन्न कोरोना अस्पताल सम्म पुर्याइन्छ । कोरोना अस्पतालमा आइसोलेसनमा राखेर उचार गरिन्छ । आइसोलेसन प्रयोग त्यतिबेला गरिन्छ, संक्रामक रोगिको चपेटामा आइसकेपछि उनिहरुको उपचार भैरहेको समय अथवा उनिहरुमा कुनै रोगको संक्रमण भएको शंका हुन्छ । उनिहरु संक्रमक रोगिहरुको चपेटामा आउन नपाउन भन्ने गरि उपचार गरिन्छ ।

तसर्थ क्वारेन्टाइनमा बस्नु कुनै नराम्रो काम होइन, यहाँ बस्नु त सुरक्षित उपाय अपनाउनु हो । यहाँ बस्दैमा आतिनु पर्दैन क्वारेन्टाइनमा बस्दा हाम्रो सुरक्षाको ग्यारेन्टी सम्वन्धीत निकायले गरेको हुन्छ । यदि जो कोहि कोरोना संक्रमण क्षेत्र भ्रमण, मजदुरी, बाटोको प्रयोग, साधनको प्रयोग गर्नु भएको छ र त्यस बखत कुनै पनि सुरक्षाको उपया अपनाउनु भएको थिएन भने तपाइ क्वारेन्टाइनमा बस्नुहोस । क्वारेन्टाइनमा बस्नुलाइ कुनै अपराधिक काम मानिदैन । क्वारेन्टाइनमा बस्दा आफु, आफ्नो परिवार, समाजमा महामारीग्रस्त हुन बाट बच्न सकिन्छ । यस बारेका सचेतना फैलाउन हामि सबै लागि परौ । कोरोना महामारिबाट बच्न हामि सबै लागि परौ ।

लेखकः– टेकम वली ( जिल्ला कार्यक्रम अधिकृत– नेरेसो दाङ जिल्ला शाखा)

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...