9.5 C
Alba Iulia
Thursday, March 28, 2024
No menu items!

लकडाउन र ठुलिभेरि ,विशेष संबाद

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

डोल्पा, डोल्पा ठुलिभेरि नगरपालिकाका नगरप्रमुख गणेश बहादुर शाही खेलकुद विकास समितीका अध्यक्ष तथा युवा संघ डोल्पाका अध्यक्ष भैसकेका युवा नेता शाही अहिले ठुलिभेरि नगरपालिकाका नगरप्रमुख छन । सिधा कुरा प्रष्ट बिचार राख्ने शाही खरो स्वभावका नेताका रुपमा चिनिन्छन् ।जिल्ला देखी केन्द्रसम्म हलचल गर्न सक्ने क्षमता भएका भन्ने आम मान्छेको बुझाइ छ ।त्रिपुरा संचार विशेष संबादमा संचालक बालकृष्ण डांगी संगको कुराकानी यहाँ प्रस्तुत गरियको छ ।
१,कार्यक्रममा स्वागत छ यहाँलाई
धन्यवाद
२,लकडाउनलाई कसरि लिनुभएको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसले पारेको प्रभावबाट यस नगरपालिकासमेत अछुतो छैन ।अमेरिका,चाइना,इटली,स्पेन लगायतका कैयौं मै हु भन्ने देश कोरोना भाईरसका कारण घाइते भएका छन्।विश्वका ठुला ठुला माववद्धारा सृजित न्युयोर्क,पेरिश,बर्लिन,वुहान जस्ता कैयौ शहररु शमशानमा परिणत भएका छन् ।कोरोना भाईरसले मानवजगतमा प्रश्नचिन्ह खडा गरेको छ यस घडीमा कोरोना भाईरसको विकराल महामारिलाई ख्यालठट्टाका रुपमा नलिन भन्न चाहन्छु ।सम्पुर्ण आदरणिय मेरा नगरवासी दाजुभाई तथा दिदि बहीनीहरुमा लकडाउनको पुर्ण पालना गर्न हार्दिक अनुरोध गर्न चाहन्छु ।नेपाल सरकारको पछिल्लो लकडाउनलाई स्वागत गर्दै अझ कडाइ गर्दै तुरुन्तै कार्यापालिकाको आकष्मिक बैठक राखि नगरपालिकाको ३वटै नाकामा (भेत्ती,कागनी,व्यासगाडमा)मान्छे आउन जान प्रतिवन्ध लगायको छु ।
३,लकडाउनमा अप्ठेरा, असजिलो के भयो ,तंपाइको वारेमा केही नकारात्मक टिकाटिप्पणी भयो ।के भन्न चाहनुहुन्छ ?
मेरो जीवनमा अप्ठेरो र असजिलो केही छैन,कुरा काट्नेले कुरा काट्दै गर्छ एउटा भनाइ छ कुकुर कराउदै गर्छ हाति लम्कदै गर्छ ,तर पनी मनमा लागेको कुराक्वारेन्टाइनमा वसेका नागरिकहरु लाई केन्द्र तथा प्रदेश सरकारले आफुसंग कुनै सुचना नगरि एक्कासि ल्याएको हुदा बाटोमा हाम्रा नागरिकले दुख पाए । हामीलाई जिल्ला प्रशासन कार्यालय र ३ वटै सुरक्षा निकायहरु लाई विशेष धन्यवाद दिन चाहन्छु । वहाहरुको समन्वय र सहकार्यमा क्वारेन्टाइनको आवश्यक व्यवस्था गर्न सफल भयौं ।फाल्गुण २८ को बैठकले म लगायत वडा नं।५का वडाध्यक्ष कर्ण बहादुर रोकया,वडा नं।६का वडाध्यक्ष धर्मलाल बुढा र भेटनरि शाखा प्रमुख टेक बहादुर केसी सहितको टिम हिमाली जिल्ला मनाङको स्याउ फर्म अवलोकन गर्ने र ठुलिभेरिलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ फर्किने क्रममा लकडाउनमा पर्यौ।वडा नं।५का वडाअध्यक्ष कर्ण बहादुर रोकाय लकडाउन नेपालगन्जमा परि हाल सरस्वती मावि दुनैमा वारेन्टाइनमा छन् । हाल म र वडा नं।६का वडाध्यक्ष धर्मलाल बुढा अझै जुफाल क्वारेन्टाइनमा छौं।काम गर्दा चुनौति आउछन् यस्लाई सामान्य रुपमा लिएको छुं ।
४,राहत बितरण देखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ?
लकडाउनको जटिल परस्थितिलाई सामाना गर्न ठुलिभेरि सम्पुर्ण विधि प्रकृया र यो परस्थीतिले उत्पन्न हुन सक्ने भोकमारी, आईपर्ने बिपद व्यवस्थापनका लागी लागि तत्काल १०लाखको विपद व्यवस्थापन कोष र समिति गठन भैसक्यो ।सचेतना फैलाउन सम्पुर्ण जनशक्ति परिचालन गर्नका लागि । मास्क र सेनिटाइजरको प्रयोग गर्ने, पटकपटक साबुन पानीले हात धुने, खाने कुरा राम्रोसँग पकाएर मात्रै खानेलगायतका कुरामा नगरवासिलाइ सचेतना प्रत्येक शिक्षित नागरिकले सचेतना फैलाउन अनुरोध गरेका छन् सानो लापरवाहीका कारण पालिका खतरा हुने नागरिक सचेत गराइएको छ । वडा नं. ६वडाअध्यक्ष धर्मलाल बुढाजीको संयोजकत्वमा स्वास्थ्य इकाई गठन भैसकेको छ र पर्याप्त औषधी उपकरण प्रत्येक वडाका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । सामुदायिक स्वास्थ्य केन्द्रमा नुन केही स्वयंसेवक खटाउने निर्णय भएको छ । तेल तथा खाद्यान्न पदार्थको कमी हुने खतरामा नेपाल खाद्यन्न शाखालाई र निजि खाद्य पसललाई तयारि राखेका छौँ ।कुनै खाद्य पसलले कालावजारि तथा कृत्रिम अभाव सृजना गरेमा कडा कारवाही गरिने र सम्वन्धित वडा अध्यक्ष तथा सदस्यहरुलाई अनुगमनको सम्पुर्ण अधिकार तोकिएको छ ।दैनिक ज्याला मजदुरी गर्ने निम्न आय भएका व्यक्ति,दलित,अपांग,एकल नागरिक,वयोबृद्ध लाई ३दिनभित्र सुची तयार गरी खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको राहत प्याकेज दिने निर्णय भैसक्याछ,वडाबाट लिष्ट आउदा वितिकै बाड्ने काम हुन्छ । प्रत्येक शिक्षित नागरिकले सर्वसाधारण्मा सचेतना फैलाउन अनुरोध गर्दछु, सानो लापरवाहीका कारण पालिका खतरा हुने विषयमा नागरिकलाई सचेत गराएका छौं
५,क्वारेन्टाईनको व्यवस्था कस्तो छ ?
सरस्वती माविदुनैमा ३३ जना, आदर्शमावि जुफालमा १३ जना, गौंरी प्रावि डाँगीवाडामा९ जना, बिद्यामन्दिर माझफालमा २१ जना छन् ।प्रत्येक क्वारेन्टाईनमा बस्नेलाई चाहिने खाना¸ग्याँस¸कपडाहरु लगायतका सामाग्रीहरु व्यवस्था गरेको छौं । निरन्तर अनुगमन र समन्वयका लागि सम्वन्धित वडाका वडाअध्यक्ष तथा सदस्यहरुलाई सक्रिय सहयोग र समन्वय गर्न निर्देशन दिएका छौं ।
६,कोरोना भाईरस र महामारि नियन्त्रण तथा रोकथामका थप प्रयाशहरु  भएका छन् ?
जुफाल विमानस्थलमा क्ष्लाचबचभम Infrared Thermometer बाट निरन्तर चेकजाँच गरिरहेकोमा राज्यको लकडाउन तथा कर्फ्युलाई सम्मान गर्दै विमानस्थलमा बन्दपछि पनि नेपालगञ्ज¸काठमाडौ लगायत जिल्ला बाहिरबाट आएको हजारौ संख्यामा रहेका डोल्पाबासीको चेकजाँच वडा नं ९ मोतिपुर र वडा नं ३ को कालिकास्थानमा गरेका छौं ।जनशक्ति परिचालन स् स्वास्थ्य¸प्रशासन लगायत कार्यालयमा रहेका जनशक्तिलाई आवश्यकतानुसारका विभिन्न कार्यहरुमा खटनपटन गरिएको छौं ।
औषधि तथा मेडिकल सामाग्रीहरुको व्वयवस्थापन ३ वटा हेल्थपोष्ट लगायत सामुदायिक स्वास्थ्य केन्द्रमा कोरोना भाईरस रोकथामका लागि आवश्यक पर्ने मास्क¸सेनिटाईजर¸सर्जिकल ग्लोभ्स¸पिपिई¸थर्मोमीटर ईत्यादिका अलावा अत्यावश्यक सामाग्रीहरुको तयारी गरीराखेको अवस्था छ । जनताको स्वास्थ्यलाई सर्वौपरि ध्यानमा राखेर नगरपालिकाले क्रियाकलापलाई अगाडि बढाएको छौं ।तथ्याँक संकलन डोल्पा जिल्ला बाहिरबाट आएकाहरुको तथा राहत वितरण गर्ने प्रयोजनका लागि निरन्तर रुपमा लगत तयार गर्ने कार्यहरु भईराखेको छ ।सचेतना अभियानमा रेडियो¸अनलाईन पत्रिका¸ सामाजिक सञ्जाल¸तथा वडास्तरबाट समेत कोरोना भाईरस विरुद्धको सचेतना अभियान जारी छ ।समन्वय र सम्पर्क स् सरोकारवाला निकायहरु र नगरपालिकाको वडाहरु तथा जनप्रतिनिधी मार्फत नेपाल सरकार र प्रदेश सरकारसंग निरन्तर समन्वय र सम्पर्क गरीरहेको अवस्था छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...