9.5 C
Alba Iulia
Monday, August 10, 2020
No menu items!

यार्चागुम्बा ले वातावरण मा पारेको असर

Must read

हवाई उडानमा फेरि कोरोनाको बादल : भदौ १ गतेबाटै शुरु होला त ?

कोभिड–१९ को तीव्र संक्रमणका बीच यतिखेर पूर्वनिर्धारित मितिमै हवाई उडाउन हुन्छ कि हुँदैन भन्नेमा अन्योलता छाएको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना भाइरसको...

कर्मचारी संक्रमित हुँदा सरकारी अड्डा धमाधम बन्द

कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वाेच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा संक्रमण देखिएको छ । जोखिम...

लकडाउनमा एक चौथाइ कर्मचारीले रोजगारी गुमाए, सबैभन्दा धेरै होटल क्षेत्रका

२१ साउन, काठमाडौं । कोरोना स.क्रमण फैलन नदिन गरिएको लकडाउन पछि २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएको अध्ययनले देखाएको छ । कोभिड पछिको असरबारे गरिएको...

कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु

२१ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया...

डा. सुरज उपाध्याय

हिमालि भेगमा बसोबास गर्ने जनताको मुख्य आयस्रोत को रुपमा रहेको यार्चागुम्बा ले मान्छेको जीवन स्तर उकास्न धेरै सहयोग गरे पनि यसैका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वातावरण तथा जैविक विविधतामा पनि असर पर्दै आईरहेको छ तर त्यस्ता असर लाई न्युनिकरण गर्नका लागि कसैले पनि ध्यान दिएको जस्तो लाग्दैन । आज यस लेख मा म यार्चागुम्बाकै कारण सँकलक हरु द्दारा वातावरणमा परेको असर हरुको बारेमा केहि खुलाउन गईरहेको छु ।

वर्षेनी वैशाख महिनाको बिच बाट यार्चागुम्बा पाईने डोल्पा जिल्ला का करिब २४ वटा पाटन (वन कार्यालय डोल्पा २०१०) मा मान्छे हरुको भिड लाग्ने गर्छ । त्यहाँ जाने हरेक मान्छे को मनस्थििती करिब २ महिना पाटनमै बिताउने भन्ने हुन्छ र त्यसै अनुसार २ महिना सम्म पुग्ने सामल बोकेर जान्छन् । त्यसरी बोकेर लाने खानामा चाउचाउ, बिस्कुट लगायतका पतुर खाना हरु पनि अहिले बढि मात्रा मा हुन्छन् । साथ साथै पछिल्लो केहि वर्ष देखि यार्चागुम्बा पाईने ठाऊँ मै लोकल तथा आयातित मदिराको समेत विक्रि वितरण अत्यधिक मात्रा मा हुदैँ आईरहेको छ ।

यर्चागुम्बा टिप्न हिडेका सँकलकहरुले चाउचाउ बिस्कुटका खोल हरु जथाभावि फाल्दै हिड्ने अनि साथमा लगका पलाष्टिक का झोला हरु हुन् या त चाउचाउ बिस्कुटका खोल हरु यार्चागुम्बा पाईने क्षेत्रमा जथाभावि फालिदिदाँ त्यहाँ को अहिलेको जैविक विविधतामा त असर परेकै छ साथ साथै भविष्यमा उम्रिने वनस्पतिमा पनि पक्कै असर गर्नेछ । कालान्तरमा यसले यार्चागुम्बा को उत्पादनमै पक्कै असर गर्नेछ । साथै उच्च हिमालि क्षेत्रमा अनावश्यक रुपमा प्लास्टिक को थुप्रो बढदै गईरहेको छ । तसर्थ यार्चागुम्बाको उत्पादनमा हास आउन नदिनका लागि पनि यसरि वातावरण प्रदुसन गर्ने कार्य लाई बन्दै गर्नु पर्ने देखिन्छ । साथै यार्चागुम्बा सँकलनमा हिडेका हरुले दुनै सदरमुकाम छाडे देखि नै दाउरा का लागि रुख विरुवा कटान गर्ने प्रवृति समेत देखिदै आईरहेको छ । त्यस्तै अस्थायि बासस्थानका लागि पाल टास्न चाहिने काठ दाउराका लागि पनि रुख बिरुवा मासिने क्रम बढदो छ । र यसरि हुने रुख बिरुवा फडानि कोे प्रत्यक्ष असर चराचुरुगिं मा देखिएको छ भने साथ साथै जंगल पनि पातलिदै गईरहेको छ र त्यस भेगमा पाईने वन्यजन्तुले आफ्नो बासस्थानकै लागि माथि सर्नुपर्ने अवश्था समेत देखिएको छ । त्यसतै पाटनमा जाने सँकलनकर्ता हरुले जथाभावि वासस्थानका लागि पाल टाँगेर बसिदिनाले त्यहाँ का वातावरणिय सुन्दरतामा असर त छनै साथै त्यसरि बस्नाले जथाभावि रुपमा दिसा पिसाब गरिदिनाले वातावरण लाई थप असर पारेको छ । तसर्थ यसरि अव्यवस्थीत तरिकाले बस्नु भन्दा सँकलककर्ता हरुले एउटा निश्चित ठाउँ मा बस्ने व्यवस्था गरेर दिसा पिसाब का लागि अस्थायि चर्पि पनि बनाएर बसेमा खुल्ला दिसा पिसाबका कारण हुने महामारि पनि कम हुनेथियो भने मानव जाति बाट वातावरण मा पर्ने असर पनि कमि हुने थियो ।
त्यसतै यार्चागुम्बा बाट वातावरण मा परेको अर्को असर भनेको उच्च हिमालि क्षेत्रमा पाईने वन्यजन्तुको वासस्थानमा असर पग्नु हो । यार्चागुम्बाको सँकलनमा जाने ले वन्यजन्तुको को शिकार गर्ने प्रवृति रहदै आईरहको छ भने साथै अव्यवस्थीत अस्थायि बासस्थान तयार गरिदिनाले पनि त्यसक्षेत्रमा बस्ने बन्यजन्तुको बासस्थानमा खलल पुग्ने हुनाले पनि सँकलककर्ता हरुले व्यवस्थीत तरिकाले सबै जनाले एउटै क्षेत्रमा अस्थायि बासस्थान खडा गरिदिने हो भने वन्यजन्तुको बासस्थानमा असर पुग्नेथिएन । साथ साथै नाउर घोरल जस्ता वन्यजन्तुको शिकार गरिदिनाले हिउँचितुवा को आहारा मा कमि हुने हुनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हिउँचितुवाको आहारा मा समेत प्रभाव पार्र्दै आईरहेको छ यार्चागुम्बा ले गर्दा भन्दा फरक नपर्ला । यस्ले हाम्रो समर्गरुपमा उच्च हिमाली क्षेत्र को पर्यावरणमै अस्र्थीरता लाई उच्च हिमाली क्षेत्रका बासिन्दा लगायत समग्र प्राणि जगतकै अस्तीत्वमा प्रभ्राव पार्नेउ देखिन्छ । तसर्थ अहिलेको पुस्ताले बेलै मा सोचेर संरक्षणमुखि कदम चाल्न सकिएन भने आउदो पुस्ता लाई हामिले व्यवस्थीत पर्यावरण हस्तान्तरण गर्न सक्ने छैनौँ । यसो गर्दा न हाम्रो जिवनस्तर उस्कने छ न आउदो पुस्ताको नै ।

डा. सुरज उपाध्याय
हिमालयन कन्जर्भेसन एण्ड रिसर्च ईन्सटीच्युट
www.himalayanconservation.org

लेखक डोल्पा हाल अमेरिकामा हुनुहुन्छ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

भर्खर

हवाई उडानमा फेरि कोरोनाको बादल : भदौ १ गतेबाटै शुरु होला त ?

कोभिड–१९ को तीव्र संक्रमणका बीच यतिखेर पूर्वनिर्धारित मितिमै हवाई उडाउन हुन्छ कि हुँदैन भन्नेमा अन्योलता छाएको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना भाइरसको...

कर्मचारी संक्रमित हुँदा सरकारी अड्डा धमाधम बन्द

कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वाेच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा संक्रमण देखिएको छ । जोखिम...

लकडाउनमा एक चौथाइ कर्मचारीले रोजगारी गुमाए, सबैभन्दा धेरै होटल क्षेत्रका

२१ साउन, काठमाडौं । कोरोना स.क्रमण फैलन नदिन गरिएको लकडाउन पछि २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएको अध्ययनले देखाएको छ । कोभिड पछिको असरबारे गरिएको...

कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु

२१ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया...

कोरोना भाइरस त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक

विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसकौ त्रासकै बीच डोल्पामा साउने पुर्णीमाको रौनक शुरु भएको छ । साउने संक्रान्ती डोल्पामा धुमधामका साथ मनाइएको छ।डोल्पाका सबै देवीदेवताहरु तीर्थस्थलमा...