9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

‘च्यागंलर जातको विरुवाले डोल्पाको कृषि क्षेत्रमा कायापलट गर्छ ।’भिम बहादुर धराला

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

१७गते १फलाइट र आज १८ गते १फलाइट चार्टर गरी तारा एयर डोल्पाको दुइ फलाइट चार्टर मार्फत १५०००पन्ध्र हजार
ओखरको च्यागंलर जातको विरुवा डोल्पा पुगेको छ।विरुवा डोल्पा पुगिसकेपछि यि विरुवा र कृषि विकास कार्यालय डोल्पाको बारेमा कतै सकारात्मक कतै नकारात्मक कतै मिश्रित, टिकाटिप्पणी भइरहेको छ । आम डोल्पाको कृषि क्षेत्रमा यि विरुवाको बारेमा जनचासो र सरोकारको विषय बढिरहेको परिवेशमा कृषि विकास कार्यालय डोल्पाका प्रमुख भिम बहादुर धराला र अधिकृत शरद लामा संग त्रिपुरा विशेष संवादमा कुराकानी गरेका छौंं ।

१,त्रिपुरा विशेष संवादमा हार्दिक स्वागत छ ।

धन्यवाद

२,विरुवाको बारेमा व्यापक चर्चाको विषय बनेको छ,कति रकमको कार्यक्रम हो?तपाइहरुलाई कति कमिशन आएको हो?

कमीशनको खेती गर्ने मान्छे हैन म,दुइ पैसाको लोभ छैन।डोल्पा जिल्लाको विकासका निमित्त रातदिन चिन्ता गर्ने व्यक्ति हुं ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम मार्फत प्रत्येक बलक बराबर चार लाख र प्रत्येक पकेट बरावर पैंतालिस लाख संचालक समितिको खातामा आएको हो,जिल्ला कृषि विकास कार्यालायले केवल सहजिकरण मात्रै गरेको छ ।डोल्पा जिल्लाका ठुलिभेरी,त्रिपुरा सुन्दरी,काइके र शेफोक्सुण्डोका निश्चित बलक तथा पकेट क्षेत्रमा वितरण हुन्छ।

कमीशनको खेती गर्ने मान्छे हैन म,डोल्पा जिल्लाको विकासका निमित्त रातदिन चिन्ता गर्ने व्यक्ति हुं।
नागरिकहरुमा भ्रममा नपर्न च्यागंलर जातको ओखरको विरुवाप्रति र हामीप्रति विश्वास गनुस् ढुक्क हुनुस् ।हाम्रो ठुलो लगानी र मेहनत छ,डोल्पाको अर्थतन्त्रमा कायापलट हुनेछ ।

 

३,च्यान्दलर जातको ओखरको विरुवा नै किन ल्याइयो?नेपालभरि नै विरुवा किन पाइएन?

नेपालमा ओखर भनेर रोप्ने बर्षौसम्म फल नदिने काठे भैदिने,नेपालमा ग्राप्टिंग गरी विरुवा उत्पादन गर्न कठिनाई,ओखर स्याउको जस्तो सजिलो नभएको विरुवा हो । च्यान्दलर जातको विरुवा कलमी भएको विरुवा हो,दुइवर्षमै फल्ने,१२वर्ष भएपछि४०केजी फल दिने,५०वर्ष भन्दा बढि आयु हुन्छ।यो विरुवा कर्णाली प्रदेशका जुम्ला,हुम्ला,दैलेख,सल्यान,मुगु,कालिकोट लगायतका जिल्लाहरुमा सफल परिक्षण डोल्पामा ल्याइएको हो।हामीसंगै कर्णाली प्रदेशका जुम्ला,हुम्ला लगायत अरु जिल्लाले पनि चालिस हजार च्यान्दलर जातको विरुवा ल्याएका छन्।च्यान्दलर जातको विरुवा विश्वकै उत्कृष्ट विरुवा हो यस्ले डोल्पाको कृषि क्षेत्रमा आमुल परिवर्तन हुन्छ,यो कुरामा कोही कृषकले शंका गर्नुपर्दैन।

भर्खरै डोल्पामा ल्याइएका१५०००विरुवामा किटनाशक औषधी छर्कदै कृषि विकास कार्यालयका अधिकृत शरद लामा

४,विरुवा रोप्नुपर्ने सिजन त गइसक्यो।ल्याउनमा किन ढिलाई भयो।प्याकेजिंग पनी छैन ठुलो लापरवाहि भयो हैनर
विश्वमा सर्वोत्कृष्ट जातको च्यागंलर जातको विरुवा डोल्पा ल्याउन पहल मंसिर,पुषबाट भएको हो ।समुन्द्रपारि पानीजहाजबाट कलकत्ता बन्दरगाहबाट ल्याउनुपर्ने भएकाले विरुवा ४ महिनासम्म थेग्न केमीकल राखेर ७कुन्टलको एसी प्याकेजमा आएको हो ।विश्वभरि कोरोनाको महामारी संगै भारतमा यो २महिनाजति क्वारेन्टाइनमा रह्यो,हामीलाई ठुलो चिन्ता भयो,अत्यावश्यक कृषिजन्य तथा औषधीजन्य सामग्री नरोक्ने भारत सरकार मन्त्रीपरिषदको निर्णयानुसार विरुवा रुपैडिया आयो बल्ल ढुक्क भइयो,च्यागंलर जातको विरुवा अप्रिल महिना र त्यो भन्दा १०।१२दिनसम्म लगाउन मिल्छ,कृषकहरु उच्च मनोबलका साथ ढुक्क लगाउनुस्।संसार बन्द छ यो जटिल परिस्थिमा विरुवा ल्याउन सफल भइयो ,कृषकको खुशी नै हाम्रो खुशी हो ।
५,प्रति विरुवा ७५० कृषकलाई अत्यधिक महंगो भयो ।
ओखरको च्यागंलर जातको विरुवाका लागि फलफुल विकास निर्देशनालय काठमाण्डौ म आफै गएं त्यहा आइ इ प्रालि पत्ता लगाई यो प्रतिविरुवा१५००को दरले विक्रिवितरण भएको रहेछ।हामी आफै त्यहां गइ कम्पनीमा सर्वसाधारण कृषकहरुको आर्थिक भार नपर्ने गरि प्रतिविरुवा रु१५००को दरमा बिक्रीवितरण गरिरहेकोमा हदैसम्म घटाइ प्रतिविरुवा रु ७५०मा डोल्पा सम्म पुर्याउन सफल भयौं।जिल्ला भरी डाइरेक्ट रु७५०को दरमा डोल्पाबाटै लिन कृषकले प्राप्त नगरी भुक्तानी गरी ठाडो संझौता आइ इ प्रालि संग गरी कृषकले पाउनु धेरै राम्रो हो ।
६,अन्यमा तंपाइको भनाइ के छ?विरुवा ल्याउन ककस्ले सहयोग गरे,कस्लाई संझनचाहनुहुन्छ ?
सर्वप्रथम प्रमुख जिल्ला अधिकारी सुरेश सुनारज्युप्रति बिशेष धन्यवाद दिन चाहन्छु,उहांले गृह पासको व्यवस्था गरिदिनुभयो ।लकडाउनको विषम परिस्थितिमा कृषि विकास मन्त्रालयका कृषि निर्देशनालयका निर्देशक आदरणिय चित्र बहादुर केसी सर,तारा एयर नेपालगन्जका सुर्यमणि सुवेदि सर प्रति आभारि छौं उहांहरुको सहयोगले विषम परिस्थितिमा विरुवा डोल्पा आइपुगेको छ ।तिला कर्णाली एग्रोमेटका प्रेम बहादुर बस्नेत र राजबहादुर कुंवर र आइ इ का भुवन लाखे र दाजुभाई फलफुल तथा जडिवुटि लाई पनि आभारी छौ सिंगो डोल्पा कृषक आभारी छौं।
अन्त्यमा डोल्पाका आम नागरिकहरुमा भ्रममा नपर्न च्यागंलर जातको ओखरको विरुवाप्रति र हामीप्रति विश्वास गनुस् ढुक्क हुनुस् ।हाम्रो ठुलो लगानी र मेहनत छ,डोल्पाको अर्थतन्त्रमा कायापलट हुनेछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...