Wednesday, October 23, 2024

सोल्टीमोड-कलंकी सडक खण्डमा कालोपत्रे गर्ने काम अझै अनिश्चित

Share

असोज २७, काठमाडौँ – सोल्टीमोड-कलंकी सडक खण्डमा कालोपत्रे गर्ने काम अझै अनिश्चित भएको छ ।

यसअघि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले दशैं अघि नै कालोपत्रे गर्ने तयारी गरेको थियो । तर, काठमाडौं उपत्यका खानेपानी तथा ससरसफाइ आयोजनाले मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याएपछि मात्रै कालोपत्रे गर्ने भनेपछि सडक विस्तार आयोजना पछि हटेको छ ।

मेलम्चीको पाइप विछ्याउनको काम कात्तिक ८ गतेदेखि सुरु गर्ने खानेपानी आयोजनाले जनाएको छ । तर, कहिले काम सकिन्छ भन्ने निश्चित छैन ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा ‘पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई सडकलाई यथास्थितिमा ल्याइसकेपछि मात्र कालोपत्रे कार्य गरिने’ उल्लेख छ ।

सोल्टीमोडदेखि कलंकीसम्मको सडकखण्ड जिर्ण हुँदा सर्वसाधारणले पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्या भोग्दै आएका छन् । खाल्डाखुल्डीले यात्रा झन् कठिन भएको छ । यस्तो समस्या आम सर्वसाधारणले अझै केही महिना भोग्नुपर्ने भएको छ ।

हेर्नुहोस् सूचना

Read more

Local News