Thursday, October 24, 2024

गुर्जा हिमालमा हिमपहिरो : ८ जनाको मृत्‍यु

Share

असोज २७, म्याग्दी – म्याम्याग्दीको गुर्ज हिमाल आरोहणका लागि गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् ।

धौलागिरि गाउँपालिका १ मा पर्ने हिमाल आरोहणका लागि काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट गएका पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरिया पहिरो र आँधीमा परेर बेपत्ता भएका थिए ।

गुर्ज हिमाल आरोहणका लागि गत असोज २१ गते गएको टोली शुक्रबारसम्म पनि नफर्किएपछि खोजी गर्न गएका स्थानीयवासीले शव देखपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्यमा कठिनाई भएको छ । आज बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ ।

टोलीले ८ जना मानिसको शव देखेपनि मौसम खराब भएकाले हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको जनाएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने डिएसपी बुढामगरले जानकारी दिनुभयोे । टोलीमा गएका भरिया गुर्जु गाउँकै बासिन्दा रहेको बताइएको छ ।

Read more

Local News