Tuesday, October 22, 2024

देहव्यापारमा लगाएको आरोपमा विदुरबाट महिलासहित पाँच जना पक्राउ

Share

नुवाकोट-  तीन जना महिलालाई देहव्यापारमा लगाएको आरोपमा विदुर नगरपालिका भित्रका विभिन्न वडाबाट तीन महिलासहित पाँचजना पक्राउ परेका छन्।

विदुर नगरपालिका वडा नं २ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका वडा नं ३ की ४० वर्षीया सुवानी लामा र विदुर नगरपालिका वडा नं १२ का २५ वर्षीय मदुसुधन रिमाल साे अाराेपमा पक्राउ परेका छन्। यसैगरी विदुर नगरपालिका वडा नं १२ का २२ वर्षीय रमेश अर्याल र सोही नगरपालिका वडा नं ५ का ४० वर्षीय सुरेन्द्र कुमाल रहेको पक्राउ परेका हुन्।

महिलालाई जबर्जस्ति देहव्यापारमा लगाएकाले पाँच जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्त कुँवरले बताए। पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

रोजगारीको खोजीमा रहेका १५, २१ र २६ वर्ष उमेरका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै देहव्यापारमा लगाइएको फेला परेपछि स्थानीय होटेलबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पीडित महिलाले जिल्ला अदालत नुवाकोटमा पेश गर्दा वेश्यावृति गर्ने कार्यमा संलग्न गराएको भनी बयान दिएपछि पक्राउ परेकालाई हिरासतमा राखी बयान सुरु गरिएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए।

आर्थिक समस्यामा परेर घरायसी खर्च जुटाउन समस्या भएका महिलालाई रोजगारी दिने भन्दै देहव्यापारमा लगाएको पीडितले बताएको प्रहरीले उल्लेख गरेको छ।

Read more

Local News