Thursday, October 24, 2024

काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको  निधन

Share

असोज २८, काठमाडौँ –लामो समय देखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको  ७४ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा गए राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो ।

वि.सं. २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित हुनुहुन्थ्यो । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत हुनुहुन्थ्यो ।
रासस

Read more

Local News