Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Sunday, May 18, 2025

यात्रुसँग बढी भाडा असुल्ने सार्वजनिक यातायातलाई कारवाही

Share

असोज २८, काठमाडौँ – बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ वटा सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । विभागले शनिबार थानकोटमा अनुगमन गरेको हो ।

“विभागले ७०० तोकेको स्थानमा एक हजार, ४०० तोकेको स्थानमा ६०० को चलानी गरेका सवारीलाई शनिबार कारबाही गरियो, तोके भन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरुसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्”–उहाँले भन्नुभयो ।

काठमाडौँबाट जुम्लासम्मको भाडा दुई हजार ८०० तोकिएकामा तीन हजार १५० लिएको लिखित उजुरी आएपछि सवारीलाई कारबाही गरी यात्रुबाट बढी लिइएको भाडा फिर्ता गरिएको विभागले जनाएको छ । यात्रुले बढी भाडा लिएको टिकटसहित उजुरी गरेमा कारवाही गरी बढी लिइएको भाडा पनि फिर्ता गराउने प्रवक्ता उपाध्यायले बताउनुभयो ।

बढी भाडा लिने सवारीलाई पाँच हजारसम्म जरिवाना गरिएको छ । कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा ४८९ तोकिए पनि एक हजारसम्म व्यवसायीले उठाइरहेका छन् । बल्खुबाट हेटौँडा चल्ने टाटा सुमोको भाडादर ४०० तोकिएकामा एक हजार, कलंकीबाट पोखराको भाडा ४८५ मा ९००, काठमाडौँबाट चितवनसम्मको भाडा ४९० तोकिएकामा ९०० सम्म उठाइएको नागरिक अनुगमनका क्रममा देखिएको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले जानकारी दिनुभयो ।

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । दशैँका अवसरमा २५ लाख भन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
रासस

Read more

Local News