Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Monday, June 2, 2025

मदिरा पिउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुस्

Share

काठमाडौं – चाडपर्वमा नेपाली बजारमा मदिरा अत्याधिक खपत हुन्छ । मिठो मसिनो खानेकुराको साथमा मदिराको पनि साथ खोज्न थालिएको छ । उपभोक्ताको यहि रुचिलाई ध्यानमा राखेर स्वदेशी तथा विदेशी मदिरा कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याउँछन् । त्यसो त विश्वभरका थरीथरीका मदिरा नेपालमा पनि पाइन्छ ।हाम्रो समाजमा रक्सीप्रति नकारात्मक धारण छ । तर रक्सी आफैंमा नराम्रो चिज होइन । यसलाइ खाने तरिका चाहि गलत भईरहेको हुन्छ । मान्छेहरुको रक्सी भेट्नसाथ जुनसुकै अवस्थामा पनि स्वाट्टै पार्ने वानी हुन्छ । यसले रक्सीको असली मज्जा लिन पाइदैन । रक्सी भनेको हरेक चुस्किमा स्वाद लिदै पिउनुपर्ने पदार्थ हो ।

हाम्रो जिव्रोले अनेक किसिमको स्वाद अनुभूत गर्छ । त्यसैले रक्सीको स्वाद जिव्रोमा पर्नुपर्छ । अनि मुखमा हल्का खेलाएर निल्नुपर्छ । हरेक रक्सीको आ–आफ्नै विशेषता हुन्छ । कुन समयमा, कति मात्रामा, के सँग कसरी पिउने हो भन्ने कुरा जान्नुपर्छ ।

साधरणतय बेलुकीको खाना अघि स्न्याक्ससँग रक्सी पिउनु राम्रो हुन्छ । हल्का मधुरो उज्यालो होस् । अनि त्यहाँ मीठो धुन बजिरहेको होस् । त्यस्तो वातावरणमा रक्सी पिउनुको विशेष मज्जा छ । स्न्याक्सको रुपमा सवैभन्दा वेष्ट चाहि मासु हो । सलादसँग पनि खान सकिन्छ । खाली पेटमा पिउनुहुदैन । खाली पेटले आफैं अल्कोहल उत्पादन गरिरहेको हुन्छ । त्यसमा हामीले थप्यौ भने नकारात्मक असर पुग्छ ।

रमाइलोका लागि रक्सी पिउने चलन विश्वभरी नै छ । हामीले पनि रमाइलो गर्न नै पिउने हो । यसरी पिउन बस्दा मन मिल्ने साथी वा आफ्नो परिवार हुनुपर्छ । समाजमा रक्सीलाई अल्कोहोलिक वेभरेजको रुपमा लिइन्छ । वाइनलाई चाहि सोसियल ड्रिंक भन्ने गरिएको छ । वाइनमा अल्कोहलको मात्रा हुने भएपनि यसलाई अलि फरक कोटीमा राख्ने गरिएको छ । विभिन्न भेराइटीको रक्सी उपलब्ध छ । जस्तै वाइन, हिव्स्की, रम, ब्रान्डी, टकिला, बियर स्कच आदि ।

–रक्सीलाई अल्कोहलको प्रतिशतका आधारमा तीन भागमा बाँडिएको छ–वियर, वाइन, स्प्रिट ।

–वियर पनि अल्कोहल प्रतिशतको आधारमा तीन भागमा बाँडिएको छ–साधरण वियर (३ प्रतिशत अल्कोहल मात्रा), कडा वियर (५.५ प्रतिशत) र अत्याधिक कडा खाले वियर (७ प्रतिशत) ।

–वाइन दुई प्रकारको हुन्छः टेबुल वाइन (अल्कोहलको मात्रा ८ देखि १० प्रतिशत), फोर्टिफाइड वाइन (अल्कोहलको मात्रा १३ देखि १६ प्रतिशत)

–स्प्रिट अन्र्तगत हिव्स्की, जीन, भोड्का, व्रान्डि पर्छ । यसमा अल्कोहलको मात्रा ३२ प्रतिशत वा शोभन्दा अलिकति माथि हुन्छ ।

–पुरुषहरुले एक हप्तामा २१ युनिट र महिलाहरुले १४ युनिट रक्सी पिउन सक्छ ।

–खानेकुरासँग रक्सी पिईयो भने लामो समयसम्म आनन्दको अनुभव गर्न सकिन्छ ।

–एक ग्राम अल्कोहलले सात किलो क्यालोरी शक्ति प्रदान गर्छ ।

–भनिन्छ पाँच युनिटभन्दा कम रक्सी सेवन प्रतिदिन ग¥यो भने यसले मुटुलाई रक्षा गर्छ ।

Read more

Local News