Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Thursday, May 22, 2025

चालु आर्थिक वर्षको पूँजीगत खर्च सात प्रतिशत

Share

कात्तिक ७, काठमाडौँ – सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको भए पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ । सरकारले सार्वजनिक गरेको चालू आव शुरु भए यता सोमबारसम्मको राजश्वको लक्ष्य र खर्चको विवरण अनुसार पूँजीगत खर्च लक्ष्य अनुसार बढ्न नसकेको हो ।

चालू आवको तीन महीना सकिँदा ७ दशमलब २० प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको छ । चार्डबाड तथा ठेक्का प्रक्रियामा समय लागेका कारण पनि खर्चमा सोचे अनुसारको प्रगति हुन नसकेको हो ।

सरकारले गत जेठ १५ गते चालू आवको बजेट प्रस्तुत गरेको थियो । खर्चको अख्तियारीसमेत समयमै दिएको थियो । तर यस अवधिमा विकास निर्माणको कामले भने सोचे अनुसार प्रगति हुन सकेको छैन ।

यस्तै सोमबारसम्म सरकारले दुई खर्ब ३१ अर्ब ३८ करोड बराबरको राजश्व सङ्कलन गरेको छ । सरकारले चालू आवमा नौ खर्ब ४५ अर्ब ५६ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । कूल लक्ष्यको २४ दशमलव ५२ प्रतिशतले राजश्व सङ्कलन भएको छ ।
रासस

Read more

Local News