Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Monday, June 2, 2025

कात्तिक १६ मा काङ्ग्रेसको चियापान कार्यक्रम

Share

कात्तिक ७, काठमाडौं – नेपाली काङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ ।

कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

काङ्ग्रेस नेता, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत चक्रप्रसाद बाँस्तोलाको गएकाे असोज २७ गते राति भएको निधनका कारण कार्यक्रम सारिएको हो । उहाँको निधनको तेह्रौँ दिनसम्म शोक भएकाले उहाँप्रति सम्मान प्रकट गर्दै शुभकामना आदानप्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको जनाइएको छ ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा र उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा पनि आयोजना हुनेछ । उपत्यकाका तीन जिल्ला केन्द्रको कार्यक्रममा सहभागी हुनेछन् ।

पूर्वनिर्धारित कार्यक्रमको मिति परिवर्तन गर्दा उत्पन्न हुने असुविधाका लागि काङ्ग्रेसले क्षमायाचना गरेको छ । कार्यक्रममा सबै राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सङ्घीय तथा प्रदेशका सांसद, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योेगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैर आवासीय नेपाली सङ्घ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले विसं २०३३ मा भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएपछि वडादशैँको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान गर्न चियापान कार्यक्रम आयोजना शुरु गर्नुभएको थियो । उहाँको निधनपछि पार्टी सभापति बन्नुभएका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले पनि यो परम्परालाई निरन्तरता दिनुभएको थियो ।

Read more

Local News