Wednesday, October 23, 2024

राष्ट्रपति भण्डारीको कतार भ्रमण, सरकारद्वारा स्वीकृत

Share

कात्तिक ११, काठमाडौँ – सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति भण्डारीको भोलिदेखि हुने चारदिने कतार भ्रमण स्वीकृत गरेको हो ।

बैठकमा अन्य महत्वपूर्ण विषयमा निर्णय हुने भनिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण ति वियषमा छलफल हुन नसकेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

यस्तै, सरकारले मलेसियासँग रोजगारीका लागि सम्झौता गर्ने निर्णय गरेको छ। मलेसियासँग रोजगार सम्झौता गर्ने अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिने निर्णय गरेको हो । भोली हुने सम्झौतापछि प्रतिबन्धित मलेसियामा नेपाली कामदार जान पाउने छन्।

Read more

Local News