Wednesday, October 23, 2024

मलेसियाले सबै कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने

Share

कात्तिक ११, काठमाडौँ – मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरनले विदेशी घरेलु कामदारसहित सबै कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने तयारी गरिरहेको बताएका छन् ।

 

स्थानीय कामदारको जतिकै सेवा सुविधा हुनेगरि घरेलु कामदार समेटने गरी सामाजिक सुरक्षाको प्रत्याभुत गराउने मन्त्री कुलाशेगरनको भनाइलाई उद्धृत गर्दै मलेसियाली अनलाइन द स्टारले उल्लेख गरेको छ ।

‘सबै विदेशी कामदार र घरेलु कामदारले स्थानीय कामदार सरहकै फाइदा पाउने छन्,’ मन्त्री कुलाशेरगनले भनेका छन् ।

विदेशी कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन विभिन्न पार्टिहरुसँग छलफल गरेको र मस्यौदालाई मन्त्रीपरिषदमा लैजाने तयारी गरिरहेको पनि मन्त्री कुलाशेगरनले बताएका छन् ।

यस्तै, एमओयू (समझदारीपत्र) मा हस्ताक्षर गर्न मलेसियाका मन्त्री कुलाशेगरन आइतबार राती ११ बजे नेपाल आउँदैछन् । नेपाल र मलेसियाबीच हुने श्रम सम्झौतामा भोलि सोमबार हस्ताक्षर हुँदैछ ।

सोमबार बिहान मन्त्रीस्तरीय छलफल पछि नेपाल र मलेसिया बीच एमओयूमा हस्ताक्षर हुनेछ ।

मलेसिया जाने नेपाली कामदार स्वास्थ्य परिक्षण लगायतका विभिन्न बहानामा ठगीमा परेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गएको जेठ २ गतेदेखि नै कामदार मलेसिया पठाउन रोकेका थिए । श्रम सम्झौता भएसँगै बन्द रहेको मलेसियाको रोजगारी पनि खुल्ने छ ।

Read more

Local News