Wednesday, October 23, 2024

आयल निगमले भन्यो : नआत्तिनुस् शनिबारबाट पेट्रोलियम पदार्थ सहज हुन्छ

Share

काठमाडौं – तीन दिनदेखि काठमाडौं उपत्यकामा  पेट्रोलियम पदार्थ खरिद गर्न पम्पमा लाम लाग्दै आएका उपभोक्तालाई भोलि शनिबारबाट तेल आपूर्ति सहज हुने नेपाल आयल निगमले जनाएको छ । शुक्रबार अपराह्न यातायात मजदुर र सरकारबीच भएको सहमतिसँगै पेट्रोलियम पदार्थ ढुवानी सहज हुने भएको हो ।

पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारले आज पेट्रोलियम पदार्थ बिक्रिवितरणमा कोटा तोकेपछि क्षेत्रीय कार्यालय भलवारीबाट ३५ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु काठमाडौं पठाएको हो।

आयल निगमसँग इन्धन भण्डारण पर्याप्त रहेको र निगमको निरन्तर दबाबपछि ट्यांकर चालक तेल भर्न रक्सौल गइसकेको अवस्थामा यातायात पनि सुचारु हुनुले भोलि शनिबारबाट तेल भर्न लाइन बस्नु नपर्ने निगमको भनाइ छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तामा सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि तेल सहज हुने वातावराण बनेको हो ।

Read more

Local News