Wednesday, October 23, 2024

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार,आज साँझ सम्म डिस्चार्ज गर्ने तयारी

Share

कार्तिक १६ ,काठमाडौँ – छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री ओलीलाई एक दुई दिन भित्र निवास फिर्ता गराइनेछ । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।

बताइए अनुसाार सके सम्म आज ( शुक्रबार ) साँझ सम्म उहाँलाई डिस्चार्ज गरिनेछ । उहाँलाई देखिएका सबै खाले स्वास्थ्य समस्या अव सामान्य तर्फ आइसकेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
रासस

Read more

Local News