Wednesday, October 23, 2024

ऊर्जामन्त्री वर्षमान पुन छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना

Share

कात्तिक १७, काठमाडौँ – ऊर्जामन्त्री वर्षमान पुन छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।

शुक्रबार बेलुकी साढे ८ बजेतिर छातीमा सामान्य समस्या आएपछि मन्त्री पुनलाई थापाथलीमा रहेको नर्भिक अस्पताल पुर्‍याइएको हो । अहिले उहाँको अवस्था सामान्य रहेको पुनका प्रेस सल्लाहकार रोशन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्री पुनलाई बिहान ९ बजेसम्म डाक्टरको निगरानीमा राखिनेछ । त्यसपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने तयारी छ । पुनलाई सामान्य जाँचको लागि मेडिसिटी लैजान लागिएको पनि खड्काले जानकारी दिनुभयो ।

२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराउनुभएको थियो । उहाँ २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना हुनुभएको थियो ।

Read more

Local News