Wednesday, October 23, 2024

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Share

कात्तिक १८, काठमाडौँ – नेपाली कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मुख्य एजेन्डासहित २० गते (मंगलबार) दिउँसो १ बजे बैठक बोलाइएको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

मंसिर पहिलो साता बस्ने भनिएको महासमिति बैठक तयारी नपुगेपछि केही समयपछि सार्ने तयारी भएको छ ।

विधान संशोधनका लागि मस्यौदा तयार पार्न गठित विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन समेत तयार नभएकाले महासमिति बैठक केही दिन पछि सर्न सक्ने पनि सहमहामन्त्री महतले बताए ।

पार्टी संस्थापन पक्षका नेतासमेत रहेका उनले महासमिति बैठक पछि सार्ने आफूहरुको कुनै मनसाय भने नरहेको बताए ।

कांग्रेसको आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो । तर, महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको कामसमेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिनपछि सार्ने संस्थापन पक्षको तयारी छ ।

चाडपर्वलगायतका कारण महासमिति बैठक पर सर्न सक्ने सहमहामन्त्री महतले बताए । महासमिति बैठकका प्र्रस्तुत हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनको कामलाई तीव्रता दिइएको कांग्रेसले जनाएको छ ।

Read more

Local News