कात्तिक १९, काठमाडौं – भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ ।
प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।
कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी)लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ ।
आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।
नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ ।
उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।