Wednesday, October 23, 2024

डोल्पामा जीप दुर्घटना १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

Share

कात्तिक १९, डोल्पा – डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गरे ।

घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको विष्टले अनलाइनखबरलार्इ बताए । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

Read more

Local News