Wednesday, October 23, 2024

मुख्यमन्त्री डोरमणिको सीआईएसँग साँठगाँठ रहेको स्थापितको गम्भिर आरोप

Share

कात्तिक २०,  काठमाडौँ – बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ गरिरहेको गम्भिर आरोप लगाएका छन् ।

स्थापितले संविधान, कानुन विपरित अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दावी गर्दै तिहारपछि उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटांैडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दावी समेत गरे ।

स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रिपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश व्यक्त गरे ।

स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले पदबाट बर्खास्त गरेका थिए । स्थापितले मुख्यमन्त्री पौडेलले आफूमाथि अनियमितता गरेको आरोप लगाएपछि मन्त्रिपरिषद बैठकमा त्यसको प्रतिवाद गर्नु परेको स्पष्टिकरण पनि दिएका छन् ।

उनले आफूले अनियमितता गरेको पुष्टि गरेर देखाउन मुख्यमन्त्री पौडेललाई चुनौति दिए ।

Read more

Local News