Wednesday, October 23, 2024

देउसी खेल्न गएका पाँचजना बालिका वुधवारदेखि वेपत्ता

Share

कात्तिक २२, नुवाकोट – तिहारमा देउसी भैलो खेल्न गएका नुवाकामेटको लिखुका पाँच बालिकाहरु वुधवारदेखि वेपत्ता भएका छन् । नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका  ५ जना बालिका बेपत्ता भएका परिवारजनले बताएका छन् ।

 

वुधवार बेलुकी देउसी खेल्न गएका स्थानीय सृजना थापामगर, सम्झना थापामगर, सविना थापामगर, सामना थापामगर, रेमा थापामगर सम्पर्कमा नआएको भन्दै  खोजीका लागि परिवारजनले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

आफ्नी छोरीसहित पाँचजा बालिकाहरु २४ घण्टादेखि बेपत्ता भएकाले खोजीका लागि इलाका प्रहरी कार्यालय ढिकुरेमा निवेदन दिइएको सम्झनाका पिता रामकुमार थापामगरले बताए ।

Read more

Local News