Wednesday, October 23, 2024

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरी मन्दिर परिसरमा टीका लगाए

Share

कात्तिक २३, काठमाडौँ – दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर एकअर्कालाई भाइटीका लगाएका छन् । टीका लगाउनेहरुको मन्दिर परिसरमा भीड लागेको छ ।

भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् ।

रानीपोखरीको बीचमा अवस्थित मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले हाल पुनर्निर्माणको काम जारी छ । त्यसैले यस वर्ष पनि मन्दिरको मूल गेट बाहिरै भाइटीका लगाउने व्यवस्था मिलाइएको छ ।

राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युको शोकमा परेकी रानीलाई खुसी तुल्याउने उद्देश्यले बि.सं. १७२७ मा रानीपोखरी निर्माण गरेको इतिहासमा पढ्न पाइन्छ । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि प्रताप मल्ल र उनका दुई छोराको शालिक पनि राखिएको छ । रानीपोखरीस्थित गोपालेश्वरको मन्दिर हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्दछ ।

Read more

Local News