कात्तिक २६, एजेन्सी- बेलायत तथा गाम्बियाका वैज्ञानिकले मलेरियाको बिरामी अब कुकुरले पत्ता लगाउन सक्ने बताएका छन्। वैज्ञानिकहरुले भनेका छन्, ‘ अब कुकुरले संक्रमित व्यक्तिको कपडा सुघेर नै मलेरियाको रोग पत्ता लगाउन सक्छन्।’
यसका साथै वैज्ञानिकहरुले संक्रमित व्यक्तिको कपडालाई सुँघेर मलेरिया पत्ता लगाउने तालिम दिएको बताएका छन्। यसका साथै बेलायतको हरहम यूनिभर्सिटीले पनि केही कुकुरहरुलाई मलरिया पत्ता लगाउने तालिम दिइरहेको बताएका छन्।
वैज्ञानिकहरुले भनेका छन्, ‘अब जनावरको मद्दतले पनि मलेरिया जस्तो घातक रोगको पत्ता लगाउने र रोकथाम समेत गर्न सकिने छन्।’
तर शोधकर्ताहरुले भने यस्तो प्रकारको रोगको सुरुवाती चरणमा भने अप्ठ्यारो आउन सक्ने जिकिर गरेका छन्। उनीहरुका अनुसार जब कुनै व्यक्तिलाई मलेरियाले भेट्छ, त्यतिबेला शरीरको गन्ध नै फरक हुन जान्छ। यही कारण कुकुरले सजिलै मलेरियाको बिरामीलाई सुघेर चिन्न सक्छ।
दुर्गन्धित मोजा
पश्चिमी अफ्रीकी देश गाम्बियाको एक क्षेत्रमा बच्चाले पूरै रातभर मोजा लगाए। पछि उक्त मोजालाई बेलायत पठाइ दिए। पठाइएको उ्त मोजा १७५ जाडोमध्ये ३० बच्चाको मोजाबाट परजीवीको संक्रमण रहेको पाइयो।
दर्गन्धित मोजालाई इंग्ल्याण्ड मिल्टन किङ्गज शहरमा रहेको मेडिकल पत्ता लगाउने डगस च्यारिटीमा पठाइयो। कुकुरसँग सुंघ्ने शक्ति भएकाले उसले चाडै नै थाहा पाइहाले की उक्त मोजामा ब्याक्टेरिया छ भनेर।
यस्तै अमेरिका सोसाइटी अफ ट्रपिकल मेडिशिन एण्ड हाइजिनको वार्षिक सम्मेलनमा पेश गरिएको परिणामबाट अब कुकुरले पनि मलेरियाको रोग लगाउन सक्ने क्षमता साबित गरिदियो। नमूनाको रुपमा राखिएको १० मध्ये ७ वटा नमुनामा कुकुरले सफलतापूर्वक पत्ता लगाएका थिए। तर १० स्वस्थ बच्चा मध्ये एकमा भने गलत पत्ता लगाएका थिए।
उक्त शोधको पत्ता लगाउने नेतृत्व गरिरहेका हरहम विश्वविद्यालयका प्रोफेसर स्टीभ लिन्डसे भन्छन्, ‘ यो परिणामले साच्चै नै हामीाई उत्साहित बनाएको छ। तर नियमित रुपमा प्रयोग गर्न भने कुकुर पूर्ण रुपमा तयार भइसकेको छैन।’
शोधकर्ताहरुले अब मोजाको साटो मानिसहरुको उक्त प्रयोग कुकुरलाई गराउने तयारी गरिरहेका छन्। यसका साथै उनीहरु मानिसमा लागेको मलेरिया पत्ता लगाउन सक्छन् की सक्दैनन् भनेर सुघ्नेबारे पनि परीक्षण भइरहेको बताइएको छ।
कुकुरको सुघ्ने क्षमता विज्ञानभन्दा छिट्टो
यता, लण्डन अफ स्कुल हाइजिन तथा ट्रोपिकल मिडिसिनका चिकित्सक सेल्सी स्कार्यर्सले बीबीसीसँग भनेका छन्, ‘कुकुरको सुँघ्ने क्षमता प्राकृतिक हुन्छ। त्यसकारण विज्ञानभन्दा उनीहरुमा सुघ्ने शक्ति तीव्र हुन्छ।’
सेल्सी भन्छन्, ‘कुकुरले डाग्नोस्टिक टेस्टभन्दा पनि तीव्र गतिमा काम गर्ने भएको जनावर हो। किनकी यसले परीक्षणमा कम्तिमा २० मिनेट समय लाग्छ र प्रशिक्षित वा अनुभवी मानिस तथा नयाँ नयाँ उपकरणको सहायता समेत चाहिन्छ।’