Wednesday, October 23, 2024

त्रिपुरासुन्दरी मन्दिरमा आजदेखि जात्रा सुरु

Share

बैतडी– सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ।

दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक्रबार दुई दिनसम्म जात्रा लाग्नेछ। उक्त भगबतीको दर्शन गरेमा मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने र भक्तजनको कल्याण हुने विश्वास गरिन्छ।

मेलालाई व्यवस्थित र मार्यादित बनाउन जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको त्रिपुरा सुन्दरी मेला व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले बताए।

कात्तिक जातको रूपमा मानिने उक्त जात्रा हरेक वर्ष सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजाराैँको संख्यामा श्रद्धालु भक्तजन आउने गरेको उनको भनाइ थियो।

परम्परादेखि लाग्दै आएको यस मेलाको छुटृै महत्व छ। शक्तिशाली भगवतीलाई असार महिनामा अषढी जात, साउन अथवा भदौमा रक्षावन्धनका दिन वोगाल जात, कात्तिक शुक्ल नवमीका दिन कात्तिक जात मनाइन्छ। असोज र चैत्रको नवरात्रिमा परेवादेखि दशमीसम्म नियमित पूजा हुन्छ।

कात्तिकको जातका अवसरमा राँगा र बोकाको बली दिइन्छ।

Read more

Local News