Wednesday, October 23, 2024

जात्रामा प्रहरीलाई देखेर भागदौड हुँदा एकको मृत्यु, तीन घाइते

Share

कात्तिक २९, बैतडी – जात्रामा प्रहरीलाई देखेर भाग्ने भागदौड हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिगास गाउँपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २० वर्षीय बिरे चुनाराको भागदौडको क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
मेलामा कुनै गलत काम भइरहेको सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोलीले जाँचबुझ गर्न जाँदा प्रहरीलाई देखेर एक्कासी भागदौड भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कान्तिराज जोशीले बताए । उनले भागदौडको क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको र अन्य ३ जना घाइते भएको जनाए ।
भूमिराज मन्दिरमा लागेको रतेडी मेलामा मन्दिरबाट पाँच सय मिटर पर सो घटना भएको वडा नं ३ का वडा अध्यक्ष शेरसिंह बोहराले जानकारी दिए । उनका अनुसार त्यहाँ जुवा तास खेल्नेहरुको अखडा रहेको जनाइएको छ ।

Read more

Local News