Wednesday, October 23, 2024

डडेलधुरामा जिप दुर्घटना दुईको घटनास्थल मै मृत्यु, १५ जना घाइते

Share

मंसिर १, डडेल्धुरा – डडेल्धुरा भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन् । म १ झ १८० नम्बरको जिप भागेश्वर गाउँपालिका वडानम्बर ४ मा दुर्घटना भएको हो ।

जिप सदरमुकाम डडेलधुराबाट भागेश्वर गाउँपालिका जाने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र भागेश्वर २ का २७ वर्षीय धर्मसिंह मडै रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनाको कारण पनि खुलेको छैन । घाइतेहरुकाे उपक्षेत्रीय अस्पताल मा उपचार भईरहेको प्रहरी जनाएको छ ।

Read more

Local News