Wednesday, October 23, 2024

काभ्रेमा झुण्डिएको अवस्थामा अर्धनग्न युवतीको शव फेला

Share

मंसिर ३, काभ्रे – पनौती नगरपालिका –५, आईटी पार्क छेउमा अर्धनग्न अवस्थामा एक युवती शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पनौती ५ बस्ने २१ वर्षीया सुधा केसीको शव फेला परेको हो । ब्रा र पेन्टी मात्रै लगाएको अवस्थामा सुधाको शव रुखमा झुण्डिएको पाइएको हो ।

सलको पासोमा झुण्डिएको अवस्थामा केसीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार सुधा घरबाट ५ बजे निस्किएकी थिइन् ।

सुधाले लगाएको कपडा रुखको छेउमा राखिएको अवस्थामा भेटिएको छ ।  शवलाई पोष्टमार्टम गरेर परिवारले बुझेर लगिसकेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

Read more

Local News