Wednesday, October 23, 2024

दुनैदेखि जुफाल र त्रिपुरासुन्दरीको सुँप्पानी सम्मको अबरुद्ध भएको बाटो एक हप्ताभित्र सुचारु हुने

Share

डोल्पा – डोल्पा जिल्लाको दुनैदेखि जुफाल तथा दुनैदेखि त्रिपुरासुन्दरी नगरपालिका खन्डको सुँप्पानी सम्मको अबरुद्ध भएको बाटो एक हप्ताभित्र सुचारु हुने भएको छ ।

जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रजिअ भुपेन्द्र थापा , प्रहरी नायब उपरिक्षक अबदेश बिष्ट गाडी सञ्चालक बिष्णु न्यौपाने र शेरबहादुर कठायत बिच सहमति भएको छ । प्रजिअ भुपेन्द्र थापाले जिल्ला भरि चल्ने यातायातको नया भाडादर पनि तुरुन्तैकायम हुने जानकारी दिए ।

प्रहरी नायब उपरिक्षक अबदेश बिष्ट तथा ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा बिच प्रहरी— समुदायबीच साझेदारी हस्तान्तरण भएको थियो । प्रहरी नायब उपरिक्षक अबदेश बिष्ट प्रत्येक वडा तथा टोलटोलमा विपद व्यवस्थापन समुह गठन अत्यावश्यक रहको वताए ।

स्मरण रहोस् आजै जाजरकोट डोल्पा सडकखण्ड उद्घाटनार्थ उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेल,कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेशका बन वातावरण,उद्योग मन्त्री नन्दसिंह बुढा प्रधान सेनापति ,डोल्पा जाजरकोट सडकखण्डका प्रमुख सेनानी विश्वबन्धु पहाडी ,रक्षा उपसचिब, लगाएत दर्जनौ अतिथिको उपस्थित रहेको थियो ।

Read more

Local News