Wednesday, October 23, 2024

बर्दियाको खैरापुर नजिक बस दुर्घटना, एक जनाको मृत्यु १४ जना घाईते

Share

मंसिर ६, बर्दिया – बर्दियाको खैरापुर नजिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

गुलरिया देखि राजापुरको भटेरा जाँदैगरेको ना ३ ख ८५५४ नं बस तिव्र गतिको कारण ग्रावेलमा चिप्लिएर दुर्घटना बर्दिया बाँसगढी नगरपालिका लक्ष्मणाका अन्दाजी ४५ बर्षिय कर्ण बहादुर सुनारको मृत्यु भएको छ ।

घाईतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा र जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको छ । बसमा ३० जना यात्रुहरु यात्रा गरीरहेका थिए । बाटोमा विच्छ्याईएको गिट्टिमा चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Read more

Local News