Wednesday, October 23, 2024

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ

Share

मंसिर ७, काठमाडौँ – केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा-९ की सुनिता तिवारी बाइवा रहेको छ। क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पुर्‍याई पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

बाइवालाई मगलबार जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडौंको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँदिल्लीलगायतका विभिन्न स्थानमा पुर्‍याई महीनौँसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

Read more

Local News