Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Saturday, May 17, 2025

खटाइएको ठाउँमा नजानेलाई कडा कार्वाही हुन्छ : लालबाबु मन्त्री पण्डित

Share

मंसिर ८, काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा कडा कार्वाहीको गरिएको बताउनु भएको छ ।

झापाको भद्रपुरमा शुक्रबार जिल्ला समन्वय समितिले आयोजना गरेको ‘स्थानीय सरकारका उपलब्धि र चुनौती’ विषयक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गर्दै मन्त्री पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई घर फर्किने बाटो खुल्ला गर्ने गरी कर्मचारी समायोजन अध्यादेश ल्याउन लागिएको छ भन्नुभयो । उहाँले गणतन्त्रमा कर्मचारीले झनै जनताको सेवामा समर्पित भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले चेकमा हस्ताक्षर गर्न पाएनौँ भनेर गुनासो गर्ने नगरपालिका र गाउँपालिकाका उपप्रमुख तथा वडाध्यक्षलाई पहिलेकै सिंहदरबारले जस्तो शासक बन्ने र मनलाग्दी गर्ने छुट कसैलाई नहुने भएकाले चेकमा हस्ताक्षर गर्ने रहर नगर्न सम्झाउनुभयो । मन्त्री पण्डितले जिल्ला समन्वय समितिको कोष फुकुवा गर्ने विषयमा सरकारले छिट्टै निर्णय गर्ने समेत जानकारी दिनुभयो । 
रासस

Read more

Local News