Wednesday, October 23, 2024

कपिलवस्तुमा एक युवकको टाउकोमा गोली हानी हत्या

Share

मंसिर ८, कपिलवस्तु – कपिलवस्तुको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय युवा राजाबाबु भनिने दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको छ ।

नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा राती झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो । टाउकोमा गोली लागेको उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Read more

Local News