Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Saturday, May 24, 2025

काठमाडौंमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गयो

Share

मंसिर ८, काठमाडौँ – काठमाडौंमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

बिहान पौने ५ बजेतिर कोटेश्वरमा भाटभटेनी अगाडि ना ६ ख ५५९२ नम्बरको ट्रकमा ना ५ ख ४०२६ नम्बरको बस ठोक्किँदा बसमा सवार सर्लाहीको मुलुङगा घर भई काठमाडौंको तिलगंगा बस्दै आएका ७१ वर्षीय शम्भू परियारको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएकी शम्भूकी श्रीमती रिता र सर्लाही ढुंग्रेखोलाका डम्बर श्रेष्ठको ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भैरहेको छ ।

यस्तै शनिबार बिहानै साढे ३ बजेतिर काठमाडौंकै बल्खुमा टिप्परको ठक्करबाट माइक्रोचालकको ज्यान गएको छ । बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिँदा घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षका बाबुकाजी श्रेष्ठको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Read more

Local News