Wednesday, October 23, 2024

विप्लवको शक्ति प्रदर्शन, प्रकाण्ड भन्छन् : ‘निर्मलाका हत्यारालाई सरकारले कारबाही गर्न सकेन अब हामी कारबाही गर्छौं’

Share

मंसिर ८, काठमाडौँ –  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारालाई आफैं कारबाही गर्ने बताएको छ ।

भृकुटीमण्डपमा शनिबार भएको जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं ।’

उनले पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत बताएका छन् ।

 

Read more

Local News