Tuesday, October 22, 2024

भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानमा हुने सार्क सम्मेलनमा निम्तो

Share

मंसिर १२, इस्लामाबाद – पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानमा हुने सार्क सम्मेलनमा निम्ता गर्ने भएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसलले सञ्चारमाध्यमलमई उक्त जानकारी दिएका हुन् ।

सन् २०१६ मा इस्लामाबादमा हुनु पर्ने सार्क सम्मेलन हालसम्म हुन सकेको छैन । उरी आक्रमणलाई देखाउँदै भारतले सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो । त्यसैलाई निहुँ बनाउँदै अफगानिस्तान, बंगलादेश लगायतका सदस्यले पनि सहभागी नहुने बताएपछि सम्मेलन स्थगित भएको थियो ।

पाकिस्तानले अब सार्क सम्मेलनलाई जसरी भए पनि सफल बनाउने फैसलले जानकारी दिएका छन् । डान न्युजका अनुसार इस्लामाबादमा पत्रकार सम्मेलन गर्दै फैसलले यस्तो खुलासा गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो पहिलो सम्बन्धमा भारतसँगको सम्बन्धलाई जोड दिएको बताएको उनले चर्चा गरे ।

सम्बन्धका लागि भारत एक कदम अघि बढे पाकिस्तान दुई कदम अगाडि सर्ने फैसलले स्मरण गराए । मोदीको चिठीको जवाफमा खानले सबै मुद्दा वार्ताबाट सुल्झाउन सकिने जवाफ दिएको उनले स्पष्ट पारे । विदेश प्रवक्ता फैसलले भने, ‘हामीले भारतसँग युद्ध लडेका छौं । एकाएक सम्बन्ध सुधार हुन सक्दैन, समय लाग्छ ।’ कूटनीतिको परिभाषा परिवर्तन हुनुपर्ने बताउँदै जनताको भावना र इच्छालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
एजेन्सी

Read more

Local News