Wednesday, October 23, 2024

दुई दिन रोकिएको नेकपाको सचिवालय बैठक आज बस्ने

Share

मंसिर १२, काठमाडौँ – दुई दिन लगातार रोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तल्लो तहका संगठनको एकता मोडेल बनाउन नसक्दा बैठक दुई दिन लगातार सरेको हो ।

बुधबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलले तयार पारेको तल्लो तह र जनवर्गीय संगठनको एकताको मोडेलका विषयमा छलफल हुनेछ ।

पार्टी अध्यक्षले जनवर्गीय संगठनको एकता मोडल तयार पार्न नसकेको भन्दै नेकपाभित्र आन्तरिक असन्तुष्टि बढेको छ । लामो समयदेखि केन्द्रीय समिति बैठक बस्न नसक्दा पनि नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।

Read more

Local News