Wednesday, October 23, 2024

 फेरी,काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

Share

मंसिर १३, काठमाडौँ – काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो ।

बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव भेटियो ।

उनको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र सार्की छन् ।

उनी होटल सञ्चालकका ड्राइभर हुन् । थप अनुसन्धान जारी छ ।

प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए ।

Read more

Local News