Wednesday, October 23, 2024

विरोधपछि राजधानीको जोर विजोर प्रणाली हट्यो

Share

मंसिर १४, काठमाडौँ – एसिया प्यासिफिक समिटलाई मध्यनजर गरी यही मंसिर १३ गतेदेखि १६ गतेसम्म लागु गरिएको जोर विजोर प्रणाली आजदेखि हटाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गृह मन्त्रालयको निर्देशनमा आज बिहान ११ः३० बजेदेखि जोर विजोर प्रणाली खारेज गरिएको हो ।

काठमाडौँ उपत्यकामा जोर विजोर प्रणाली लागु भएपछि सर्वसाधारणहरुले निकै दुःख बेहोर्नुपरेको थियो ।

एक धर्मप्रचारक संस्थाको कार्यक्रमका लागि सर्वसाधारणलाई बिना कारण दुःख दिएको भन्दै चौतर्फीरुपमा विरोधका स्वरहरु सुनिएका थिए । काँग्रेस नेता गगन थापा लगायतले जोरबिजोर प्रणाली बहिस्कार गर्न आह्वान समेत गरेका थिए ।

बिजोरले बनायो बिजोक (फोटोकथा)

Read more

Local News