Wednesday, October 23, 2024

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ घटायो

Share

मंसिर १८, काठमाडौँ – नेपाल आयल निगमले गए राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमको सोेमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल ९९ खरीद गर्न सकिनेछ । यसअघि पेट्रोल ११४ तथा डिजेल र मट्टितेल प्रति लिटर १०१ मा खरीद बिक्री हुँदै आएको थियो । हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रासस

Read more

Local News