Wednesday, October 23, 2024

मेलम्चीको पानी : मन्त्री र सचिवको कुरा कति पत्याउने ?

Share

मंसिर १९, काठमाडौँ –  मन्त्री, सचिव र अरु सरकारी कर्मचारीको कुराअनुसार मेलम्चीको पानी दसैँमा नै काठमाडौं आइसक्नुपर्ने हो । खानेपानी मन्त्री बीना मगरले गएको चैतमै भाषण गर्दा दसैँमा मेलम्चीको पानी आउने बताउनुभयो । तर पानी आएन ।

तीन दिनअघि मात्रै मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले अबको दुई महिनाभित्र काम सक्ने र पानी आउने बताउनुभयो । मेलम्ची आयोजनाका निर्देशक सूर्यराज कँडेलले पनि प्राविधिक काम सकेर तोकिएको अवधिमै पानी आउने भन्नुभयो ।

तर मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरेपछि तत्काल मेलम्चीको पानी काठमाडौं आउने संभावना नरहेको ठहर गरेको छ ।

Read more

Local News