Wednesday, October 23, 2024

आफ्नै छोराद्वारा बुबा र ठूलो बुबाको हत्या

Share

मंसिर २२, कैलाली – लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले शुक्रबार आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् ।

बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिनुुभयो ।

उनले आमा दिलबहारीदेवी चौधरी माथि पनि चिर्पट प्रहार गरी घाइते बनाएका छन् । उहाँको टाउकोमा चोट पुगेको छ । गम्भीर घाइते उहाँलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले जहवारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जैसीले बताउनुभयो ।
रासस

Read more

Local News