Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Saturday, January 4, 2025

ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री : शाही युवा शक्ति

Share

मंसिर २२, काठमाडौँ – शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

शाही युवा शक्तिले आगामी पुस १ गते काठमाडौंमा गर्न लागेको विशाल मोटरसाइकल र्यालीको बारेमा जानकारी दिन शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्र भन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए ।

खड्काले भने, ‘वर्तमान शासन सत्ता जनताको भावना विपरित चलेको छ, गणतन्त्र भन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्री गरेको छ, नेपाली जनताले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताका बारेमा गम्भीर बन्नुपर्ने स्थिति आएको छ, यो बेलामा पनि जनताहरु जाग्न सकेनन् भने देश अब रहिरहन सक्दैन ।’

वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापलाई जनताले अस्वीकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भने, ‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरु भन्दा राजा कयौं गुणा ठिक रहेछन् भन्ने जनताले महशुस गरिसकेका छन्, गणतन्त्रले जनताको भलाई गर्न सकेन । सत्ता, शक्ति र सम्पतिको लागि नेताहरुले देश र जनतालाई लिलाम गर्दैछन् ।’

पहिलो पटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा शाही युवा शक्तिले आउँदो पुस १ गते विशाल मोटरसाइकल र्यालीको आयोजना गरेको बताउँदै अध्यक्ष खड्काले भने, ‘पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम राख्ने र राजतन्त्रात्मक शासन व्यवस्थाका आधारमा मुलुकलाई विकसित र आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’
नागरिकबाट

Read more

Local News