Tuesday, October 22, 2024

हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्गमाथि ठगीको आरोप

Share

मंसिर २२, काठमाडौँ – चिनियाँ टेलिकम तथा मोबाइल जाइन्ट हुवाईका संस्थापकी छोरी तथा कम्पनीकी प्रमुद फाइनान्सियल अफिसर मेङ्ग वान्खामाथि अमेरिकामा ठगीको आरोप लागेको खुलेको छ ।

क्यानडामा पक्राउ परेर त्यहिँको अदालतमा भएको सुनुवाईको क्रममा हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्गमाथि अमेरिकामा ठगीको आरोप रहेको खुलेको हो ।

मेङ्गमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाई मार्फत उल्लंघन गरेको आरोप छ । मेङ्गलाई गएको शनिबार नै स्थानीय अधिकारीले क्यानडाको भ्यानकुभरमा पक्राउ गरेका थिए । तर यसबारे तीन दिनअघि मात्रै थाहा भएको हो । शुक्रबार मेङ्गको धरौटी सम्बन्धी सुनुवाई भएको छ । तर अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा नगर्ने बारे निर्णय गरिसकेको छैन ।

चीनले मेङ्गलाई रिहा गर्न माग गरेको छ । उनले कुनै पनि कानुन उल्लंघन नगरेको चीनको दाबी छ । मेङ्ग कम्पनीका संस्थापक रेन जेन्फेईकी छोरी हुन् ।

Read more

Local News