Tuesday, October 22, 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल आउंदै

Share

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी नोभेम्बरको अन्तिम साता पुनः नेपालको भ्रमण गर्ने भएका छन् ।यसपटक मोदीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने निश्चित भएको छ। उनको कार्यकालको यो पॉचौं नेपालको भ्रमण हुनेछ।

गत अगस्ट महिनामा मात्र बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका मोदीको अर्को भ्रमण नोभेम्बरका लागि तय भएको बताइएको छ।

नोभेम्बर महिनाको २८ र २९ मा नेपाल भ्रमण गर्ने तय भएपनि यो मिति परिवर्तन हुन सक्ने नेपालस्थित भारतीय राजदूतावासका एक उच्च अधिकारीले बताएको एसियन न्युज इन्टरनेशनलले उल्लेख गरेको छ।

Read more

Local News