Wednesday, October 23, 2024

पशुपतिनाथबाट सुरु भएको ‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ आज जनकपुर पुग्ने

Share

मंसिर २५, काठमाडौँ – समृद्ध सिन्धुली अभियानको आयोजनामा मसिंर २३ गतेदेखी सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा मंगलबार जनकपुर पुग्दैछ ।

काठमाडौँमा पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको साइकल यात्रा ऐतिहासिक सिन्धुलीगढीहुँदै तेस्रो दिन मिथिलाको राजधानी तथा साँस्कृतिक शहर जनकपुरधाम पुग्न लागेको हो ।

विवाहपञ्चमीमा सहभागी गराउने उदेश्य समेत राखिएको साइकल यात्रीलाई विवाहपञ्चमीको एकदिन अगाडि जनकपुरधाममा स्वागत गरिने कार्यक्रम रहेको आयोजनकले जनाएको छ ।

 

‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ले दुई साँस्कृतिक शहर काठमाडौँ र जनकपुरलाई ऐतिहासिक सिन्धुलीगढीसँग जोड्ने भन्दै उपप्रधानमन्त्री इश्वर पोखरेलले आइतवार विदाई गरेका थिए । उक्त यात्राका १ सय ५० यात्री मंगलबार अपरान्ह चारबजे जनकपुर पुग्ने बताइएको छ ।

ऐतिहासिक स्थलहरुलाई चिनाउनुको साथै पर्यटन प्रबर्धनमा समेत सघाउने भन्दै उपप्रधानमन्त्री पोखरेलले साइकल यात्राको नेतृत्वकर्ता देवेन्द्र बस्नेत र लाउनहिल च्याम्पियन निष्मा श्रेष्ठलाई झण्डा हस्तान्तरण गरेर साइकल यात्रीलाई विदाइ गरेका थिए ।

‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक वर्ष ब्यवसायिक साइकलयात्रीलाई सहभागी गराउने योजना अनुरुप समृद्ध सिन्धुली अभियानले यस बर्ष जनकपुरधामलाई जोड्न चाहेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए ।

ब्रिटीस सेनालाई पराजित गरेको सम्झनामा साइकल यात्रा

सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यसवर्ष मंसिर २३, २४, २५ र २६ गते गरी चारको दिन रहेकोे छ ।

अभियानले दुई वर्षदेखि सिन्धुलीगढीसम्म साइकलयात्रा गर्दै आएको छ । गत बर्षको कात्तिक २४ मा भएको सिन्धुलीगढीको २५० औं विजयोत्सवका बेला काठमाडौँबाट १६० जनाभन्दा बढी व्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढी हुुँदै सिन्धुलीमाढीसम्म लगेको थियो ।

Read more

Local News