Wednesday, October 23, 2024

जन्ती बोकेको स्कार्पियो दुर्घटना : बेहुलाका बुबाआमा सहित ६ जनाको मृत्यु

Share

मंसिर २७, दाङ – आज विहान चितवनबाट बाँकेका लागि जन्ती लिएर हिँडेको स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । बा १२ च ३१२२ नम्बरको स्कार्पियो र ना ५ ख ४०९० नम्बरको बस आज बिहान ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

यस्तै सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहिका निमित्त प्रमुख पुरण मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेको बुझिएको छ । घाइतेमा राप्तीसोनारी (८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढा रहेका छन् । घटनाको विस्तुत विवरण आउन बाँकी छ ।

Read more

Local News