Tuesday, October 22, 2024

गुगलमा ‘इडियट’ टाइप गरेर सर्च गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पको तस्बिर

Share

मंसिर २७, काठमाडौँ  – गुगलमा अचानक अंग्रेजी शब्द “idiot” इडियट लाई धेरैले खोजीरहेका छन् । यस्तो यसकारण भइरहेको छ कि इडियट टाइप गरेर सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर देखिन थालेको छ ।

यो कुरालाई गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईसँग अ‍ेमेरिकी सांसदहरुले उठाएका थिए ।

सुन्दर पिचाईसँग सोधिएको थियो कि के यो गुगलको राजनीतिक पक्षपातको उदाहरण होइन ? यसलाई पिचाईले ईन्कार गरेका छन् ।
गुगलका अनुसार अहिले “idiot” इडियट शब्द अमेरीकामा सबैभन्दा धेरै सर्च हुने शब्द हो ।

यस कुरामा रिपब्लिकल सांसद जो लोफ्ग्रेनले सुन्दर पिचाईसँग सोधे कि गुगलमा इडियट टाइप गर्दा राष्ट्रपति ट्रम्पको तस्बिर किन देखिन्छ ?

यसमा पिचाईले जवाफ दिए कि गुगल सर्च रिजल्ट अरबौँ किवर्डका आधारमा आउँछ जसलाई दुईसय भन्दा पनि धेरै कारणका आधारमा रैंक गरिन्छ जसमा प्रासंगिकता र लोकप्रियता पनि कारण रहन्छ ।

उनको जवाफ सुनेपछि सांसद लोफ्रेगेनले भने, यसको अर्थ याे होइन कि कुसैले पर्दा पछाडि रहेर यस्तो बदमासी गर्छ र यस्तो परिणामा देखाईन्छ ?

अर्का एक सांसदले सोधे कि यस्तो किन हुन्छ जब मैले आफ्नो स्वास्थ्यका बारेमा केही जान्न गुगलमा सर्च गर्यो भने नकारात्मक खबर बढी देखिन्छ ?

यसको जवाफमा पिचाईले भने , ‘हो यस्तै ढंगले मानिसहरुले गुगलमा शब्दहरु सर्च गर्ने गर्दछन् त्यसकारण नकारात्मक खबर पहिले देखिन्छ ।

“idiot” शब्द र राष्ट्रपति ट्रम्पको तस्बिर सबैभन्दा पहिले यो वर्ष आएको हो । केही मानिसहरुले गएको जुलाईमा ट्रम्पको ब्रिटेन भ्रमणको क्रममा विरोध जनाएका थिए ।
त्यहाँ ब्रिटिस प्रदर्शनकारीहरुले अमेरिकन इडियट नामको एउटा गीत बनाएर रेकर्ड गराएका थिए । त्यसपछि रेडिट वेबसाईटमा युजर्सले यस्तो आर्टिकल छापे जसमा ट्रम्पको छेउमा इडियट शब्द लेखिएको थियो ।

यो वेबसाइटको सर्च इन्जिन डेटाबेसलाई प्रभावित गर्ने प्रयास थियो जसलाई गुगल बाम्बिंग भनिन्छ ।

Read more

Local News